• शनिबार, १ कात्तिक २०८३
  • images

    ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    सरसफाइमा चरम लापरवाही

    मंगलबार, कात्तिक १८ २०८२
    मंगलबार, कात्तिक १८ २०८२
    ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    काठमाडौं, १८ कात्तिक । ओम अस्पतालको क्यान्टिनको सरसफाईमा चरम लापरबाही गरेपछि  सात दिनका लागि बन्द गरिएको छ । 

    काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गर्दा ओम अस्पतालको क्यान्टिनको सरसफाइमा चरम लापरबाही गरेको पाइएको हो ।

    images

     अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो ।

    हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए।

     

    अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीको टोलीले  क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिएको छ । 

    अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार