• शनिबार, १ कात्तिक २०८३
  • images

    ॐ हस्पिटलमा आफ्नै रक्त सञ्चार केन्द्रको स्थापना

    ॐ हस्पिटलमा आफ्नै रक्त सञ्चार केन्द्रको स्थापना

    खुला रक्तदान कार्यक्रम सम्पन्न

    शुक्रबार, वैशाख १९ २०८२
    शुक्रबार, वैशाख १९ २०८२
    ॐ हस्पिटलमा आफ्नै रक्त सञ्चार केन्द्रको स्थापना

    काठमाडौं, १९ वैशाख । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ।

    हस्पिटलको सेवा बिस्तारलाई निरन्तरता दिने क्रममा आज मे दिवसको सन्दर्भ पारेर आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको हो।

    images

    ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा  आयोजित एक बिशेष समारोहमा ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रक्तसञ्चार केन्द्रको समुद्घाटन गर्नुभयो। 
    ॐ हस्पिटलको रक्तसञ्चार केन्द्र आकस्मिक सेवामा एक महत्वपूर्ण सहाराको रुपमा रहनेछ भने यसले समग्र उपचार प्रणालीलाई समेत छिटो-छरितो, भरपर्दो र आत्मनिर्भर बनाउन पनि सहयोगि हुने विश्वास गरिएको छ।

    हाललाई अस्पतालमा उपचारकालागि आवश्यक रगत संकलन तथा रक्त तत्वहरुको आपूर्ति, रगत सम्वन्धि आवश्यक परिक्षणहरु लगायतलाई सहज बनाउने र समयसँगै आवश्यकता अनुसार सेवा विस्तार गरी यसलाई स्तरोन्नति गर्दै लैजाने योजना हस्पिटलको छ।

    खुला रक्तदान कार्यक्रम

    Raktadan .jpg

    अस्पतालले  १३६ औं मे दिवस तथा आफ्नै रक्तदान केन्द्र सुरु गरेको सन्दर्भमा आज खुला रक्तदान कार्यक्रम समेत गरेको छ। 

    विहान ८ बजे ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठले अस्पतालका गाइनेकोलोजिकल अन्कोलोजिष्ट डा. बिनोद अर्याललाई रक्तदानका लागि ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो।

    रक्तदानको महत्वबारे जनचेतना फैलाउन र आपतकालीन अवस्थाका लागि रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणसँगको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा एकसय रक्तदाताले रक्तदान गरेका थिए।

    रक्तदान अभियानकी अगुवा, ब्लड डोनर एसीसिएसनकी संस्थापक सदस्य तथा वरिष्ठ समाजसेवी सूर्यकुमारी श्रेष्ठले रक्तदानको महत्वबारे चर्चा गर्नुका साथै रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार