• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई एक अर्ब भुक्तानी दिन बाँकी

    स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई एक अर्ब भुक्तानी दिन बाँकी

    अस्पतालको नियमित काम समेत प्रभावित

    बिहीबार , भदौ १२ २०८२
    बिहीबार , भदौ १२ २०८२
    स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई एक अर्ब भुक्तानी दिन बाँकी

    चितवन, १२ भदौ । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । 

    गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो ।

    images

    सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । 

    अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको रु ९० करोड भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै रु १० करोड दाबी भुक्तानी हुन बाँकी छ ।
    गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका हुने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको रु ५५ करोड ५१ लाख ४४ हजार प्राप्त गरेको थियो ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताउनुभयो । 

    उहाँले साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।” अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उहाँले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार