काठमाडौँ, ८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको बालबालिकाहरुलाई ‘स्वर्ण विन्दु प्राशाण थोपा खुवाउने अभियान’ तत्काल रोक्न माग भएको छ ।
बालरोग विशेषज्ञ चिकित्सकहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटी (निपास)ले बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि भन्दै सरकारले सुरु गरेको स्वर्ण विन्दु प्राशाण थोपा खुवाउने अभियान तत्काल स्थगन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।
गत ५ भदौमा भेरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी पुगेर स्वर्णविन्दु प्राशाण थोपा खुवाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको अगुवाईमा देशका २५ वटा आयुर्वेदिक संस्थाहरुबाट स्वर्ण विन्दु प्राशाण थोपा खुवाउने अभियान सुरु भएको थियो ।
निपासले अभिभावहरु र चिकित्सकहरुलाई चार बुँदे सन्देश समेत जारी गरेको छ । ‘जसमा एक वर्ष मुनिका शिशुहरुलाई मह नदिनुहोस, स्वर्ण भष्म इम्युन बुष्ट दावी बारे उच्च गुणस्तरीय प्रमाण नआएसम्म सावधानी अपनाउनुहोस, बाल स्वास्थ्य बलिाये बनाउन स्तनपान, खोप, उचित पोषण र समयमै उपचार नै प्रमाणित उपाय हो,’ भनेको छ । यस्तै स्वर्ण सेवन पश्चात कुनै समस्या देखिएमा बालरोग विशेषज्ञहरुसंग तुरुन्त सम्पर्क गर्नुहोस् भनेको छ ।
निपासले बालबालिकालाई खुवाईने स्वर्ण विरुन्दु थोपामा हाल सम्म उपलव्ध बैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुहरुमा स्वर्णकल्प बाट प्रतिरक्षा प्रणालीको बृद्धि हुने आधारको अभाव, हेवी मेटल (गोल्ड) सम्वन्धी जोखिम र औषधी व्यवस्था विभागमा दर्ता व्याच परीक्षण सार्वजनिक नभएको भन्दै अभियान स्थगित गर्न माग गरेको निपासका अध्यक्ष डा अरुणकुमार न्यौपानेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विभागले पहिलो चरणमा छ महिना देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरुलाई स्वर्ण विन्दु प्राशाण थोपा खुवाउन थालेको थियो । त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका बनाएर स्वीकृत गरेको थियो ।
विभागले सो कार्यक्रमका लािग करीव १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विभागले २५ वटा संस्थालाई अधिकतम ५ लाख देखि न्युनतम ३ लाख रुपैयाँका दरले बजेट उपलव्ध गराएको थियो ।
हेरौँ प्रेस विज्ञप्तीः