• बिहीबार , २९ असोज २०८३
  • images
    images

    आक्रमणबाट ६ इन्चकाे चक्कुले आँखा घोचियो

    आक्रमणबाट ६ इन्चकाे चक्कुले आँखा घोचियो

    डाक्टरले बचाए ललितको जीवन 

    शनिबार, साउन १७ २०८२
    शनिबार, साउन १७ २०८२
    आक्रमणबाट ६ इन्चकाे चक्कुले आँखा घोचियो

    नेपालगन्ज, १७ साउन । नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसका नेत्र रोग विशेषज्ञ डा. विक्रम थापा आफ्नो १६ वर्षे चिकित्सकीय यात्रामा थुप्रै चुनौतीपूर्ण आँखाका केसहरू हेरेर धेरै बिरामीको दृष्टि फर्काइसक्नुभएको छ ।
     यद्यपि, गएको शनिबार उहाँले आफ्नो करियरकै सबैभन्दा जटिल र डर लाग्दो केसको सामना गर्नुपर्यो।

    सुर्खेतको लेकबेशी नगरपालिका–६ का २२ वर्षीय ललित परियारमाथि शुक्रबार राति भएको आक्रमणमा चक्कु प्रहार भयो।

    images

     चक्कु उहाँको बाँया आँखा र नाकको बिचबाट साइनस हुँदै हड्डी भित्रै ६ इन्चसम्म धसी सकेको थियो। 

    प्रारम्भिक उपचारका लागि उहाँलाई राति नै प्रादेशिक अस्पताल, सुर्खेत लगिएको थियो। तर, चक्कु निकाल्न त्यहाँका चिकित्सक असमर्थ भए। त्यसपछि ललितलाई नेपालगन्ज रिफर गरियो।

    शनिबार बिहान फत्तेवाल आँखा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई सञ्जीवनी कलेजको आकस्मिक कक्षमा लगियो। 

    डा. थापाले अवस्थाको गम्भीरता देख्नुभयो। चक्कु हल्लाउन पनि नसकिने, आँखामात्र होइन, ब्रेन र रुद्रघण्टीसम्म क्षति पुर्याउने खतरा रहेको थियाे। “चक्कु निकाल्नेभन्दा पनि बिरामीको ज्यान जोगाउनु चुनौती थियो,” डा. थापाले भन्नुभयो।

    न्यूरो सर्जन, इएनटी, अर्थोपेडिक सर्जन, एनेस्थेसिया टिम लगायतका विशेषज्ञहरूसँगको बहस र सहमतिपछि आइतबार मात्रै शल्यक्रिया सम्भव भयो। 

    करिब सवा दुई घण्टा लामो शल्यक्रियामा डा. थापाको नेतृत्वमा न्यूरोसर्जन डा. मनिष कोलाक्षपती, इएनटी डा. सना किदवाई र अंशु शर्मा, अर्थोपेडिक सर्जन डा. सन्दीप गुरुङ, एनेस्थेसियाबाट डा. नवीन रेग्मी तथा अन्य टेक्निसियनहरूको समावेश थियो।

    अत्यन्तै जटिल अवस्थामा गरिएको यो शल्यक्रिया सफल मात्र भएन, ललितको दृष्टि समेत जोगियो। चक्कु निकाल्न अर्थोपेडिक विभागका उपकरण समेत प्रयोग गरिएका थिए। डा. थापाले भन्नुभयो, “शल्यक्रिया कठिन थियो, तर ललितको भाग्य बलियो रह्यो। ब्रेन र आँखाको संरचना सुरक्षित रह्यो।”

    ललितको आमाले अस्पताल र चिकित्सकलाई भगवानको रूपमा वर्णन गर्नुभयो । 

    “मैले त छोराको आशै त्यागेकी थिएँ, यहाँ आएर उहाँहरूले ज्यान मात्र होइन, आँखा पनि बचाइदिनुभयो,” हरिकला नेपालीले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार