काठमाडौं । तिलगंगा आँखा अस्पतालको सहयोगमा फूलकुमारी महतो मेमोरियल अस्पतालमा आँखाको शल्यक्रिया हुने भएको छ । र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र फूलकुमारी मह तो मेमोरियल अस्पतालबीच अस्पताललाई अस्पताललाई स्तरोन्नती गर्ने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा।उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा। सन्दुक रुइतले हस्ताक्षर गनुभएको थियो ।
फूलकुमारी महतो अस्पतालमा रहेको आँखा विभागलाई सुदृढीकरण गरी आँखाको शल्यक्रिया सेवा समेत संचालन हुने छ । उपयुक्त भौतिक पुर्वाधार एवं आँखाको बहिरंग विभागमा आवश्यक पर्ने आँखा जाँच मेशीन औजारको बन्दोवस्त गर्ने,आँखा उपचारका लागी यदि थप भवन निर्माण गर्नु परेमा निर्माण गर्ने,प्रतिष्ठानको व्यवस्थापनमा रहेको श्री रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर मार्फत उच्च प्रविधि र कुशल चिकित्सक सहितको टोली बाट आँखाको शल्यक्रिया एवं अन्धोपन निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रतिष्ठानले गुणस्तरीय आँखा उपचारको शल्यक्रिया सेवा प्रदान गर्ने सिलसिलामा समय समयमा आँखा स्वास्थ्य शिविर लगायतका विभिन्न सेवाहरु प्रदान गर्ने,शल्यचिकित्साका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि तथा सर्जिकल सामग्रीहरु उपलव्ध गराउने आदि रहेको छ ।