• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार छैनः मन्त्री पौडेल

    सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार छैनः मन्त्री पौडेल

    स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण नहुने

    सोमबार, वैशाख २२ २०८२
    सोमबार, वैशाख २२ २०८२
    सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार छैनः मन्त्री पौडेल

    चितवन, २२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । 
    सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभएको हो । 
    सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका बेला स्वास्थ्य मन्त्री पौडेलको यस्तो विचार राख्नुभएको हो । 
    सोही प्रसंगमा मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई नभएको बताउनुभयो । कसैले बिमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन । उनले कार्यक्रम वापतको दाबी भुक्तानी बिमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी समेत दिनुभयो । उहाँले अघिल्लो दिन मात्र रु चार अर्ब भुक्तानी भइसकेको बताउनुभयो । उहाँले बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेको बताउनुभयो । 
    सरकारले बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै पौडेलले विभिन्न सङ्घसंस्थामार्फत सरकारले दिएका स्वास्थ्य बिमाका सुविधालाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक रहेको बताउनुभयो । 

    मन्त्री पौडेलले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेना एवम् नेपाल प्रहरीको परिवार कल्याणकारी कोषले गर्दै सञ्चालन गर्दै आएको बिमा कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक भएको बताउनुभयो । 
    बजेटका कारणले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा समस्या भएको भन्दै उहाँले यसलाई व्यवस्थित गरेर लैजान सरकारले काम गरिरहेको बताउनुभयो ।

    images

    उहाँले गत वर्ष सरकारले बजेट भाषण गर्दा बिमा कार्यक्रमका लागि सात अर्ब ५० करोड रुपियाँ छुट्यो । यसलाई एक खर्ब आवश्यक पर्छ । यसको स्रोत व्यवस्थापन गर्नुपर्छ ।”

    प्रतिक्रिया दिनुहोस
    थप समाचार