• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मानसिक स्वास्थ्यको पहुँच बढाउन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    मानसिक स्वास्थ्यको पहुँच बढाउन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    मंगलबार, वैशाख १६ २०८२
    मंगलबार, वैशाख १६ २०८२
    मानसिक स्वास्थ्यको पहुँच बढाउन अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडौं,१६ वैशाख । आगामी बिहीबारदेखि शनिबारसम्म चितवन मेडिकल कलेजमा सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 
    नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको आयोजनामा चितवनमा सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक अमेरीकास्थित हार्वर्ड मेडिकल स्कूलका सहप्राध्यापक मनोचिकित्सक डा श्रीधर पौडेलले जानकारी दिनुभयो ।  
    नेपालमा मानसिक स्वास्थ्यको पहुँच प्रत्येक नागरिककहाँ पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो । डा.पौडेलले नेपालमा वार्षिक सात हजार जनाको आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सम्मेलनले सबैको पहुँचमा मानसिक स्वास्थ्य सेवा पुगोस भन्ने लक्ष्य रहेको बताउनुभयो । यहाँ हुनेखानेहरुको मात्रै पहुँचमा मानसिक स्वास्थ्य सेवा रहेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य हरेक नागरिककहाँ पुग्नुपर्ने बताउनुभयो । 
    विदेशिएकाहरुलाई पनि मानसिक समस्या हुने गरेको उहाँको भनाई छ । 
    सम्मेलनमा अमेरीकास्थित बोस्टन मेडिकल सेन्टरका प्राध्यापक डा डेभिड हेण्डर्सन, विश्व स्वास्थ्य संगठनका डा राजेश पाण्डव, ओरेक नेपालका प्रतिनिधि डा रेणु अधिकारी, मानसिक अस्पतालका डा कपिलदेव उपाध्याय वक्ताका रुपमा रहनुहुनेछ ।

    आयोजक समितिका संयोजक डा पौडेलले सम्मेलनमा एक सय भन्दा बढि प्रस्तुतीकरणहरु प्रस्तुत हुने जानकारी गराउनुभयो ।  गाउँ र जिल्लामा बस्ने मानिसहरुलाई समेत मानसिक स्वास्थ्यको बारेमा जानकारी दिने उद्देश्य रहेको छ । ” सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणापत्र जारी हुने आयोजकले बताएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा पर्याप्त लगानी गरेको बताउनुभयो । आर्थिक स्थितिले भ्याएसम्म मानसिक स्वास्थ्यको पहुँच पु¥याउन सरकार लागि परेको उहाँको भनाई छ । उहाँले सम्मेलनबाट आएका बिषय र एजेण्डाको निष्कर्ष सरकारलाई सुझाव दिने किसीमको हुनुपर्ने बताउनुभयो ।

    सम्मेलनको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, विशिष्ट अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा रहनुहुनेछ । सम्मेलनमा समुदायमा भएका मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको कार्यान्वयनबारे छलफल हुने आयोजकले जनाएको छ ।
    पत्रकार सम्मेलनमा नर्वेमा कार्यरत अनुसन्धानकर्ता डा. सुरज थापा, केन्द्रीय कारागार अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सुनिल रेग्मी लगायतको उपस्थिति थियो ।  

    यसअघि पहिलो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार