काठमाडौं, ७ चैत । राष्ट्रिय ट्रमा सेन्टरले आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत अभावको महशुस गर्दै प्रत्येक महिना रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सेन्टरले नियमित रक्तदान कार्यक्रम मार्फत हरेक महिनाको दोस्रो हप्ताको बिहिबार रक्तदान कार्यक्रम आयोजना गर्नेछ ।

बिहिबार सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। सेन्टरको प्रयोगशाला प्रमुख डा स्मृति महतको संयोजकत्वको गत महिनादेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
सेन्टरका निर्देशक डा. बद्री रिजालले ट्रमा सेन्टरमा दुर्घटना तथा जटिल किसिमका बिरामीहरु आउने जानकारी दिदै उनीहरुलाई रगतको आभाव हुने बताउनुभयो। उहाँले जुनसुकै व्यक्तिले सेन्टरमा आई रक्तदान गर्न सक्ने बताउनुभयो । गत महिना गरिएको रक्तदानमा २५ जना सहभागी थिए । डा. रिजालले रक्तदानलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम अघि सारेको बताउनुभयो । रक्तदानमा अस्पतालका कर्मचारी, बिरामीका आफन्त लगायतले रक्तदान गरेका छन् ।
