• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नेपाल साहित्य महोत्सवबाट बाहिरियो सूर्य नेपाल

    नेपाल साहित्य महोत्सवबाट बाहिरियो सूर्य नेपाल

    बिहीबार , फागुन १५ २०८१
    बिहीबार , फागुन १५ २०८१
    नेपाल साहित्य महोत्सवबाट बाहिरियो सूर्य नेपाल

    काठमाडौँ,१५फागुन । पोखरामा जारी नेपाल साहित्य महोत्सवको सांगीतिक सत्र स्पोन्सरबाट सुर्तीजन्य पदार्थ उत्पादक कम्पनी सूर्य नेपाल बाहिरिएको छ ।
    कानुन विपरित सुर्तीजन्य पदार्थ उत्पादक सूर्य नेपालको सहयोग लिइएको तथा लोगो प्रवर्द्धन गरिएको समाचार मिडियामा आएपछि आयोजकले सूर्य नेपाललाई हटाएको हो ।  

    ऐन विपरित गत वर्ष ‘टाइटल स्पोन्सर’ गराएको नेपाल लिटरेचर फेस्टिवलले यस वर्ष टोबाको उत्पादक सूर्य नेपाल प्रालिलाई सांगितिक सेसनको प्रयोजन गर्ने भन्दै पोस्टर सार्वजनिक गरेको थियो।

    images

    समाचार आएपछि आयोजकले “वी आर डीलाईटेड टु ह्याभ यु अन बोर्ड एज ईभिनिङ म्युजिकल सेसन प्रिजेन्टर” सूर्य नेपाल प्रालि भनि लेखिएको पोस्ट नेपाल लिटरेचर फेस्टिवलको फेसबुकबाट हटाएको थियो ।

    यस विषयमा स्वास्थ्य मन्त्रालय र सरोकारवालाहरुले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। फेस्टिवलका वक्ताका रुपमा बोलाइएका स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्रीहरु गगन थापा र खगराज अधिकारीलगायतले उक्त विषयमा आयोजकलाई सूर्य नेपालको स्पोन्सर लिएको विषयमा प्रश्न गरेका थिए।

    आयोजकले मिडियामा आएका समाचारबारे सम्बोधन नगरी वक्ताहरुलाई सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग नलिएको भन्दै फेस्टिभलका प्रायोजकको नाम सार्वजनिक गरेको छ।  यसअघि बुधबार उनीहरुलाई आयोजकले सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग नलिइएको भन्दै वक्ताहरुलाई निम्तो पत्र पठाएका थिए।

    आज सार्वजनिक गरेको प्रायोजकको नाम लिस्टमा भने आयोजकले सूर्य नेपालको नाम राखेका छैनन्।  

    mahotsab2-819x1024.jpg

    स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले कानुनको परिपालना गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो। मन्त्रालयले विज्ञप्तिमार्फत् आयोजकलाई त्यही कर्तव्य स्मरण गराएको उल्लेख गरे। उनले  भने,हामीले स्मरण गरायौं। उहाँहरुले त्यसको पालना गर्नुभएको सूचना पाएका छौं।ु

    सत्र प्रस्तुतकर्ताबाट हटाइएको कुरालाई लिएर सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा काम गरिरहेको संस्था एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कानुन भन्दा माथि कोही नहुने यसले दर्शाएको उल्लेख गर्नुभयो।  नेपाल सरकारले बनाएका सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनका पक्षमा काम गरिरहेको संस्था एक्सन नेपालका चन्दले भन्नुभयो –कानुन  उलंघन गर्न अनेक छिद्र खोज्ने प्रवृत्ति पराजित भएको छ। भविष्यका लागि यो घटना उदाहरणका रुपमा रहनेछ। कुनैपनि बहानामा जनस्वास्थ्यका लागि हानिकारक सुर्तीजन्य पदार्थको प्रवर्द्धन गर्न पाइदैन।”

    त्यसैगरी नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दिपेन्द्र बान्तवा तथा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम संयोजक डा जय कुमार गुरुङले ऐन विपरित साहित्य र संगीतका कार्यक्रममा आफ्नो उपस्थिती देखाउन टोवाको कम्पनीले प्रयास गर्ने भन्दै मिडिया तथा पैरवी गर्ने सरोकारवालाहरुले चनाखो हुनु पर्ने बताउनुभयो ।

    सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ नियम २२(६ अनुसार ूसार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार