• मंगलबार, ३ कात्तिक २०८३
  • images

    दाताले दिने रगत निःशुल्क गर्न माग

    दाताले दिने रगत निःशुल्क गर्न माग

    बुधबार, पुस १० २०८१
    बुधबार, पुस १० २०८१
    दाताले दिने रगत निःशुल्क गर्न माग

    काठमाडौँ १० पुस । नेपाल स्वयंसेवी रक्तदाता समाजले बिरामीको लागि प्रयोग हुने रगत तथा रक्ततत्वहरु निशुल्क गर्न माग गरेको छ । मंगलबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै समाजले बिरामीका लागि चाहिने रगत तथा रक्ततत्व निशुल्क गर्न माग गरेको हो ।

    ज्ञापन पत्रमा ‘राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूलाई निःशुल्क उपलब्ध वितरण गर्ने गराउने नीति लिए पनि हालसम्म परीक्षण शुल्कको रुपमा अनावश्यक बढी रकम असूली रहेको विद्यमान परिस्थितिले विपन्न वर्गका बिरामीलाई ठूलो आर्थिक भार परिरहेको’ उल्लेख छ ।

    images


    समाजले त्यस्तो परिस्थितिलाई न्यूनीकरण गर्न स्थानीयहरुको सहभागिता र स्थानीय सरकारबीच समन्वय गर्दै कतिपय अवस्थामा निःशुल्क रगत वितरणको कार्यको पनि थालनी पनि गरेको भन्दै प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्वरकर्तव्य भए जस्तै निःशुल्क रगत पाउनु बिरामी पक्षको नैसर्गिक अधिकार भएको बताएको छ ।

    समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बिरामीको लागि चाहिने रगत र रक्ततत्व वितरण पूर्ण रुपमा निशुल्क हुनुपर्ने आफूहरुको पहिले देखिकै माग भन्दै त्यसका लागि सरकारका जिम्मेवार मन्त्रीहरुको ध्यानाकर्षण गराएको बताए । उनले १५ माघलाई लाई राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको रुपमा मान्यता दिन समेत सरकारसंग माग गरिएको बताए ।

    कार्यक्रममा समाजका केन्द्रीय कोषाध्यक्ष प्रमिला लामा एवं केन्द्रीय सदस्यद्वय सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटीको सहभागीता रहेको थियो ।

    यसअघि यो टोलीले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पनि भेटेर ज्ञापनपत्र बुझाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार