• बिहीबार , ५ कात्तिक २०८३
  • images

    आईओएमको डीनका लागि शाह, शर्मा र बस्नेतको नाम सिफारिस

    आईओएमको डीनका लागि शाह, शर्मा र बस्नेतको नाम सिफारिस

    मंगलबार, असोज १५ २०८१
    मंगलबार, असोज १५ २०८१
    आईओएमको डीनका लागि शाह, शर्मा र बस्नेतको नाम सिफारिस

    काठमाडौँ, १५ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा तिन जनाको नाम सिफारिस गरेको छ ।

    नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले लिएको कार्ययोजना प्रस्तुति अन्तर्वार्ता पछि हालकी  डीन प्राडा दिव्यासिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको हो ।

    images

     समितिले त्रिवि कार्यकारी समक्ष  तीन जनाको नाम सिफारिस गरिसकेको छ । 

     अन्तर्वार्तामा सिफारिसमा परेका तीन सहित अल्पसूचीमा परेका अरु दुई जना प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ सहभागि थिए ।

     कार्यकारी परिषदले सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई डीनमा नियुक्त गर्ने व्यवस्था छ।

    त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । तर उनलाई अर्को डीन नियुक्ती भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गरिरहेकी छन् ।

    यसअघि डीनका लागि १३ जनाले आवेदन दिएका थिए। जसमा अल्पसूचीमा परेका पाँच जनासहित प्राडा रमेशसिंह भण्डारी, प्राडा निरजु रञ्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा मिता राणा, सह प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल थिए।

    त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तीका लागि नम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार