• शुक्रबार, ३० असोज २०८३
  • images

    हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता

    हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता

    एक जना पौडिएर निस्के

    शनिबार, भदौ ८ २०८१
    शनिबार, भदौ ८ २०८१
    हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता

    काठमाडौँ, ८ भदौ । सुनकोसीमा इसुजु हाइलक्स गाडी खस्दा ३ जना बेपत्ता भएका छन् । 

    भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

    images

    शनिबार बेलुकी  ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुडुलेमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् ।  

    बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु  र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् ।
    सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको  जानकारी दिए । 

    उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको छ । फुयालका अनुसार गाडी भेटिए पनि बेपत्ता ३ जनाको खोजी कार्य जारी रहेको छ ।
    बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार