काठमाडौँ, २९ साउन । नेपाल प्रहरीले करारमा २० जना स्टाफ नर्स (प्रहरी नायब निरीक्षक–सइ) लिने भएको छ।
नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याण कोषबाट लिने गरी नर्स माग गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।
सूचनामा उल्लेख भए अनुसार भदौ ६ गतेसम्म आवेदन मिति रहेको छ। त्रिवि वा मान्यता प्राप्त संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह गरेकाहरुले आवेदन दिन पाउनेछन्।
आवेदकले मान्यताप्राप्त अस्पतालमा कम्तिमा एक वर्ष काम गरेको अनुभव पनि खोजिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गएर आवेदन दिनुपर्नेछ ।
हेरौँ सूचनाः