१६ साउनसम्म आवेदन दिन सकिने
काठमाडौं, ७ साउन । नुवाकोटस्थित त्रिशुली अस्पतालले १८ जना नर्स र ११ जना चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी माग गरेको छ ।
एक सूचना प्रकाशित गर्दै अस्पतालले करार सेवाका लागि उक्त जनशक्ति माग गरेको हो । जसमा ७ जना विशेषज्ञ चिकित्सक र ६ जना मेडिकल अधिकृत छन् । यसैगरी, माइक्रोबायोलोजिष्ट र रेडियोग्राफी टेक्नोलोजिष्ट १/१ जना, ल्याब टेक्नीसियन ४ जना, स्टाफ नर्स १८ जना र हेल्थ असिस्टेन्ट २ जना रहेका छन् । अस्पतालले फार्मेसी सहायक २ जना, रेडियोग्राफर ३ जना, अप्थाल्मीक असिस्टेन्ट १ जना र अनमी ४ जना रहेका छन् । इच्छुकले १६ साउनसम्म आवेदन दिन सक्नेछन् । विशेषज्ञ चिकित्सकहरुका हकमा भने २० साउनसम्म आवेदन दिने व्यवस्था गरिएको छ ।
हेरौं सूचना :
