• सोमबार, २ कात्तिक २०८३
  • images

    दातृ निकायले सहयोगले बिचौलिया मोटाएका छन् :   स्वास्थ्य मन्त्री यादव

    दातृ निकायले सहयोगले बिचौलिया मोटाएका छन् :   स्वास्थ्य मन्त्री यादव

    सोमबार, असार १७ २०८१
    सोमबार, असार १७ २०८१
    दातृ निकायले सहयोगले बिचौलिया मोटाएका छन् :   स्वास्थ्य मन्त्री यादव

    काठमाडौं, १७ असार । स्वास्थ्य मन्त्री प्रदीप यादवले स्वास्थ्य  क्षेत्रमा दाताले दिएको रकम सदुपयोग हुने गरेको बताएका छन् 
    ।
     सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कुनै व्यक्ति वा संस्था मोटाउन दातृ निकायको फन्ड दुरुपयोग भइरहेको बताए ।
     दातृ निकायले नेपाल र नेपाली जनताका लागि सहयोग दिने गरेको मन्त्री यादवले बताए । ग्लोबल फण्डलगायत धेरै फण्डका विषयमा अध्ययन भइरहेको मन्त्री यादवले जानकारी दिए ।

    विदेश भ्रमण, तलब–भत्ता, गोष्ठी, सेमिनार आदिमा मात्रै खर्च हुने गरेको पनि मन्त्री यादवको भनाइ छ । दाताका कार्यक्रममा स्वास्थ्य मन्त्रालय साक्षी मात्रै रहेको तर निर्णयमा हुनै अधिकार नभएको मन्त्री यादवले जानकारी दिए ।

    images

    दाताहरूले स्वास्थ्य मन्त्रालयलाई विश्वास नगर्ने र अन्य बिचौलियामार्फत मात्रै स्वास्थ्यका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको उनको आरोप छ । बिचौलिया भएका दाताका कार्यक्रमहरू मन्त्रालयलाई नचाहिने पनि मन्त्री यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार