• सोमबार, २ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा ९२ हजार दरबन्दी पूरा गरियोसः पूर्व स्वास्थ्य मन्त्री बस्नेत

    स्वास्थ्यमा ९२ हजार दरबन्दी पूरा गरियोसः पूर्व स्वास्थ्य मन्त्री बस्नेत

    बिहीबार , जेठ ३१ २०८१
    बिहीबार , जेठ ३१ २०८१
    स्वास्थ्यमा ९२ हजार दरबन्दी पूरा गरियोसः पूर्व स्वास्थ्य मन्त्री बस्नेत


    काठमाडौं, ३१ जेठ । सांसद  मोहनबहादुर बस्नेतले स्वास्थ्यमा थप बजेट  माग गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएका छन्। पूर्व स्वास्थ्य मन्त्री समेत रहेका बस्नेतले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १० प्रतिशत बजेट विनियोजन नभएको भन्दै अर्थ मन्त्रालयसँग थप बजेट माग गर्न स्वास्थ्यमन्त्रीलाई सुझाव दिएका हुन्।
    उनले स्वास्थ्य सेवामा ९२ हजार दरबन्दीको अवस्यकता रहेको भन्दै त्यसलाई पुरा गर्न आग्रह गरे । 

    विनियोजन विधेयक २०८१ को तीन मन्त्रालयको विषयमा बोल्ने क्रममा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका बस्नेतले अहिले विनियोजन भएको बजेटले स्वास्थ्य मन्त्रालयको समस्या समाधान गर्न नसकिने भन्दै थप बजेट माग गर्न सुझाव दिएका हुन्।उनले आफुले पनि स्वास्थ्य मन्त्री हुदा १२ अर्व बजेट थप्न सफल भएको बताए।

    images

    ‘म माननिय स्वास्थ्य मन्त्रीज्युलाई अब औचित्य पुष्टि गरेर अनुनय विनय गरेर बजेट थपिने पनि रहेछ तपाईलाई अहिलेको यही बजेटले अहिलेका समस्या सम्बोधन गर्न समस्या हुने भएकाले त्यसतर्फ उन्मुख  हुन म तपाईलाई अनुरोध पनि गर्न चाहन्छु।’ सांसद बस्नेतले भने। 


    उनले  सुर्तीजन्य पदार्थबाट उठेको करबाट उठेको रकम स्वास्थ्य मन्त्रालयले पाएमा जनशक्ति व्यवस्थापन र विपन्नलाई उपचार गर्न सहज हुने बताए। उनले अहिलेकै अवस्थामा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सम्भव नभएको भन्दै 
    यसमा  विषय गम्भिर भएर ध्यान दिन आग्रह गरे। 


    उनले ग्लोबल फन्डलाई सरकारले भ्याट र  ट्याक्स रिफन्ड गर्नुपर्ने तर अर्काले चलाएको र चलाएको कार्यक्रम २५ प्रतिशत पनि लक्षित क्षेत्र र लक्षित वर्गमा नपुगेको बताए। उनले ग्लोबल फन्डबाट आएको ८ अर्व रकमलाई राम्रोसँग खर्च गर्न सकेमा एचआईभी एण्ड, मलेरिया र  टिवी रोग नियन्त्रणका लागि सहयोग पुग्ने बताए।

    उनले वीर अस्पतालको आफ्नो फार्मेसीबाट २० प्रतिशत पनि औषधि नदिएको भन्दै वीर अस्पतारको फार्मेसी बनाउने काम रोकिएको भन्दै त्यसलाई पुन चलाउन पनि माग गरे।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार