• आइतबार, १४ भदौ २०८३
  • images

    एउटै स्थानीय तहमा ४०० जनामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

    एउटै स्थानीय तहमा ४०० जनामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

    मंगलबार, फागुन ८ २०८०
    मंगलबार, फागुन ८ २०८०
    एउटै स्थानीय तहमा ४०० जनामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

     

    सुर्खेत, ८ फागुन । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मेहलकुना र गुर्भाकोट नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालित आँखा शिविरमा आँखा परिक्षण गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
    नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको हो । जम्मा २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।
    वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको बताउछन्, नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुख मान बहादुर कुँवर ।

    eye camp natra jyotimahelkuna 3.png
    ‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतिबिन्दुको समस्या यस्तो छ, यहाँबाट जम्मा एक घण्टामा अस्पताल पुग्न सकिन्छ तर पनि वहाँहरु उपचार गराउन जानु भएन’ कुँवरले भने ‘वहाँहरुलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन, अहिले हाम्रो प्रमुख चुनौति नै यहीँ, यहा यहाँका मानिसहरुलाई आँखा उपचारको आवश्यकता महशुस नै छैन ।’

    सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिकामा समेत ४०० जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा।शैलेशकुमार मिश्र । ‘यसबाट अहिले पनि नागरिकहरुलाई आँखा उपचारको आवश्यकता महशुस नै भएको छैन भन्ने देखिन्छ । त्यसैले अब हामीले नागरिकहरुमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न जरुरी छ’ मिश्रले भने ।
    राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा।शुरेश रसाईलीको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको थियो ।

    eye camp Mahelkuna 1.png
    नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
    सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा संचालित एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम मार्फत हालसम्म प्रदेशका ६ हजार भन्दा बढि आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरि सकिएको बताउछन् कुँवर ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार