• शनिबार, १ कात्तिक २०८३
  • images

    दुर्घटनामा एमाले महासचिव पोखरेल घाइते, ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण

    दुर्घटनामा एमाले महासचिव पोखरेल घाइते, ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण

    आइतबार, माघ २८ २०८०
    आइतबार, माघ २८ २०८०
    दुर्घटनामा एमाले महासचिव पोखरेल घाइते, ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण

    काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण भएको छ । 
    उनी शनिबार दैलेखमा सवारी दुर्घटनामा परेका थिए । 
    सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा  सामान्य घाइते भएका थिए । 
    एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले महासचिव पोखरेललाई आज ट्रमा सेन्टरमा गइ स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । उनले स्वास्थ्य परीक्षणका क्रममा सामान्य चोटपटक मात्रै देखिएको बताए । उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको उनको भनाई छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

    महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आएका हुन्। जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो। गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव ध्रुब शाही पनि थिए। 

    images

    गाडीमा रहेकी कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार