• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    स्वास्थ्य संस्थामा लगानी भएको व्यक्ति चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न नपाउने

    स्वास्थ्य संस्थामा लगानी भएको व्यक्ति चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न नपाउने

    आयोगको रिक्त चार निर्देशक पदका लागि दरखास्त खुल्यो

    हेल्दीखबर
    मंगलबार, मंसिर ५ २०८०
    हेल्दीखबर
    मंगलबार, मंसिर ५ २०८०
    स्वास्थ्य संस्थामा लगानी भएको व्यक्ति चिकित्सा शिक्षा आयोगको निर्देशक बन्न नपाउने

    काठमाडौँ, ५ मंसिर । चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि दरखास्त आव्हान भएको छ ।
    निर्देशक पदका लागि विभिन्न योग्यताक्रम तोकिएको छ । जसमध्ये राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जर्नलमा १० वटा खोज अनुसन्धान लेख प्रकाशित गरेको हुनुपर्नेछ । यस्तै चिकित्सा शिक्षा सम्बन्धि कुनै पनि संस्थामा लगानी नभएको, सेएरहोल्डर नभएको, चिकित्सा शिक्षा सम्बन्धि कुनैपनि स्वार्थको टकराब नभएको व्यक्तिले मात्र आवेदन दिन पाउने छन् । 

    निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । समितिले योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र दरखास्त दिन सक्ने जनाएको छ ।

    आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।

    समितिले आवेदनका आधारमा उपयुक्त उम्मेदवारलाई विभिन्न १० वटा बुँदामा आवश्यक कागजपत्र ७ दिनभित्र दरखास्त हाल्न भनेको हो।

    समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

    उनीहरुले काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नुपर्नेछ । निर्देशकको पदावधी ४ बर्षको हुनेछ ।

    हेरौँ विस्तृत सूचनाः

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार