• मंगलबार, २७ असोज २०८३
  • images

    कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

    कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

    हेल्दीखबर
    मंगलबार, असोज १६ २०८०
    हेल्दीखबर
    मंगलबार, असोज १६ २०८०
    कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

    काठमाडौँ, १६ असोज  । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । 

    बिबिसीले जनाए अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिनुभएको थियो । 

    प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षाका खातिर वितरण गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । खोपका लागि आवश्यक गुणसहितको सो एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायतका अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान चलिरहेको छ । 

    समान्यतया भाइरस वा ब्याक्टेरियाको पहिचान गर्दै तिनैको कोष प्रयोग गरेर प्रतिरोध क्षमताको विकास गरी खोपमा परिणत गरिन्छ । तर एमआरएनए प्रविधिमा त्योभन्दा फरक तरिका अपनाएर प्रतिरोध क्षमतासहितको खोप निर्माण गर्न सघाएको थियो । जुन प्रविधि अपनाउँदै मोडेर्ना र फाइजर बायोटेक कम्पनीले खोपको तीव्र विकास गरेका थिए । नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार विजेताले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठुलोमध्येको एक जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएकाले नोबेल पुरस्कार प्रदान गरिएको हो । 

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पनि कोभिड सङ्क्रमणको अवस्था विश्वबाट पूर्ण रूपमा मत्थर भइसकेको छैन । कोभिड भाइरसले आफ्नो जिनमै परिवर्तन गरेर आफ्नो स्वरूप बदल्दै मानव स्वास्थ्यमा बारम्बार आक्रमण गर्ने क्रम जारी रहेको छ । 

    सङ्गठनका अनुसार हालसम्म विश्वका ६९ लाख ५९ हजार ३१६ जनाले कोभिड सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । झन्डै ७८ करोड मानिस कोभिड सङ्क्रमणमा परेका छन् ।   

    प्रतिक्रिया दिनुहोस
    थप समाचार