• आइतबार, १ कात्तिक २०८३
  • images

    काङ्ग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ

    काङ्ग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ

    हेल्दीखबर
    बिहीबार , साउन २५ २०८०
    हेल्दीखबर
    बिहीबार , साउन २५ २०८०
    काङ्ग्रेस सांसद डा. सुनिल शर्मा पक्राउ

     
    काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पर्नुभएको छ। 

    विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्मालाई गोल्फुटारस्थित  निवासबाट पक्राउ गरिएको हो।

    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ गरिएको हो। यद्यपि प्रहरीले पक्राउ गर्नुको आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

    'सांसद शर्माको शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको कुरा अनुसन्धानका क्रममा भेटिएपछि थप अनुन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो । 

    सांसद शर्माले केही दिनयता संसद् र संसद्‌बाहिर समेत सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने बताउनुभएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार