• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मङ्कीपक्स उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकिए

    मङ्कीपक्स उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकिए

    हेल्दीखबर
    आइतबार, असार ३ २०८०
    हेल्दीखबर
    आइतबार, असार ३ २०८०
    मङ्कीपक्स उपचारका लागि १४ अस्पतालामा फोकल पर्सन तोकिए

    काठमाडौं, ३ असार । नेपालमा पहिलो पटक मङ्कीपक्स ( एमपक्स) भेटिएपछि  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालामा १४ जनालाई  फोकल पर्सन तोकेको छ । मङ्कीपक्स भेटिएकोबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा. मणिलाल श्रेष्ठ, भेरी अस्पताल बद्री चापागाईं, सुर्खेत अस्पताल डा. सुस्मिता प्रधान र सेती अस्पतालमा डा. दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको छ ।

    images

    यसैगरी मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा. रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा. अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा. आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचन, वीर अस्पतालमा डा. निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. सर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको छ ।

    कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन मन्त्रालयले अनुरोध गरेको छ ।

    मंकीपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने सरुवा रोग हो। विदेशबाट नेपाल आउनुभएकी एक ६० वर्षकी विदेशी महिलामा यो रोगको संक्रमण देखिएको छ। मंकीपक्स विश्वमा १११ देशमा फैलिसकेको छ।

    यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार