• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    खड्गी इन्स्टिच्युटमा ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया 

    खड्गी इन्स्टिच्युटमा ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया 

    हेल्दीखबर
    आइतबार, पुस १७ २०७९
    हेल्दीखबर
    आइतबार, पुस १७ २०७९
    खड्गी इन्स्टिच्युटमा ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया 

    ललितपुर, १७ पुस । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।

    No description available.  

    खड्गी इन्स्टिच्युटले आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि तीन दिने राखिएको निःशुल्क शल्यक्रिया शिविरमा ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो ।

    No description available.  

    खड्गी इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा. सन्जय खड्गीले निःशुल्क  शिविरबाट २५ जना मिर्गौलामा पत्थरी भएका र ६ जना प्रोस्टेटको समस्या भएका विपन्न बिरामीको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।  उहाँले आर्थिक अवस्था कमजोर भएर समस्या भए पनि समयमा शल्यक्रिया गर्न नसकेका विपन्न बिरामीको खोजी गरेर उनीहरुलाई निःशुल्क शल्यक्रिया गरिएको बताउनुभयो । 

    No description available.  

    खड्गी इन्स्टिच्युटले आफनो स्थापना कालदेखि नै विपन्न वर्गका बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्दै आएको छ । हाल पनि इन्स्टिच्युटले दैनिक  ४ जना विपन्न बिरामीको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ। यही पुस १४, १५ र १६ गते निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको थियो । सो शिविरमा २५ वर्षदेखि ८१ वर्ष सम्मका बिरामीले सेवा लिएका थिए । सो शिविरबाट सेवा लिएका बिरामीले आफूहरुले शल्यक्रिया मात्र नभएर औषधि समेत निःशुल्क पाएको भन्दै चिकित्सक तथा इन्स्टिच्युटलाई धन्यवाद दिएका थिए ।

    No description available.  

    शिविरमा आएका बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधि तथा बेड चार्ज समेत निःशुल्क गरिएको थियो। उनीहरुकोफलोअप परीक्षण समेत निःशुल्क हुनेछ ।  शल्यक्रियामा मिनि पीसीएनएल विधि र प्रोस्टेट प्रन्थीका लागि बाइपोलार टर्भ विधिबाट बिरामीमा ठूलो चिरफार नगरी शल्यक्रिया गरिएको थियो ।

    No description available.  

    डा खड्गीले आगामी दिनमा पनि यस्तो खालका विपन्न बिरामीलाई लक्षित गर्दै निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार