• शुक्रबार, ३० असोज २०८३
  • images

    औषधि व्यवस्था विभाग र खाद्य विभाग गाभ्ने स्वतन्त्र पार्टीको घोषणा

    औषधि व्यवस्था विभाग र खाद्य विभाग गाभ्ने स्वतन्त्र पार्टीको घोषणा

    हेल्दीखबर
    बिहीबार , कात्तिक १७ २०७९
    हेल्दीखबर
    बिहीबार , कात्तिक १७ २०७९
    औषधि व्यवस्था विभाग र खाद्य विभाग गाभ्ने स्वतन्त्र पार्टीको घोषणा


     काठमाडौँ,१७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले औषधि र खाद्य विभाग गाभ्ने स्वतन्त्र पार्टीको घोषणा गरेको छ । उक्त पार्टीले दुई विभाग गाभेर खाद्य तथा औषधि व्यवस्था विभाग गठन गर्ने घोषणा गरेको हो। 
    बिहीबार घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष रवि लामिछानेले खाद्य विभाग र औषधि व्यवस्था विभागलाई गाभेर नेपाल  खाद्य तथा औषधि विभाग गठन गर्ने घोषणा गर्नुभयो । 
    स्वास्थ्य गुणस्तर सुनिश्चितता तथा प्रत्यायन बोर्ड गठन, स्वास्थ्य आविष्कार तथा विकास बोर्ड गठन लगाएतका विषय उक्त पार्टीले उल्लेख गरेको छ। 
    राष्ट्रिय पार्टीले स्वास्थ्य विज्ञहरु मात्रै रहने गरी केन्द्रीय रोग नियन्त्रण बोर्ड गठन गर्ने बाचापत्रमा उल्लेख गरेको छ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार