• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    विएण्डसी अस्पतालले सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम, कात्तिक १ गतेबाट लागू हुने

    विएण्डसी अस्पतालले सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम, कात्तिक १ गतेबाट लागू हुने

    छ हजार रुपैँयामा ५० हजार सम्मको उपचार निःशुल्क

    हेल्दीखबर
    सोमबार, असोज ३१ २०७९
    हेल्दीखबर
    सोमबार, असोज ३१ २०७९
    विएण्डसी अस्पतालले सुरु गर्‍यो  स्वास्थ्य बीमा कार्यक्रम, कात्तिक १ गतेबाट लागू हुने

    झापा ३१ असोज । झापा बिर्तामोडस्थित विएण्डसी मेडिकल कलेज तथा टिचिङ अस्पतालले ‘मेरो बिएण्डसी, मेरो जीवन साथी’ स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याएको छ । 


    उक्त कार्यक्रम कात्तिक १ गतेदेखि लागू हुने छ । ‘मेरो बि एण्ड सी, मेरो जीवन साथी’ स्वास्थ्य कार्यक्रम स्वास्थ्य बीमा जस्तै कार्यक्रम हो । ‘मेरो बि एण्ड सी, मेरो जीवन साथी’ कार्यक्रममा सदस्यता कार्ड समेत वितरण गरिएको छ । 


    उक्त कार्यक्रम अन्र्तगत छ रुपैँया तिरेर ५० हजारसम्मको उपचार निशुल्क गर्न पाईने छ । 

    विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत ‘मेरो बि एण्ड सी, मेरो जीवन साथी’ स्वास्थ्य कार्यक्रमको सुरुवात गरेको जानकारी दिनुभयो । 
    विएण्डसी अस्पतालले स्वास्थ्य कार्यक्रमका लागि झापा जिल्लाका छ सय जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई अभिमुखीकरण समेत दिईसकेको छ । 


    उहाँले स्वास्थ्य बीमा कार्यक्रम झापा जिल्लालाई मात्र नभई देशभरीका नेपालीहरुका लागि भएको बताउनुभयो । 


     उहाँले चारजना भन्दा बढी सदस्य परिवार भएको अवस्थामा एकहजार सातसय रुपैँया थप गर्नुपर्ने बताउनुभयो । 


    बीमा कार्यक्रम अन्र्तगत अस्पतालले उपलब्ध गराउने सम्र्पूण सुविधा उपलब्ध गराउने छ ।  होलबडी स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य सदस्यता लिनुपरेमा १५ हजार ५०० लाग्नेछ । 


    अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले होलबडी परीक्षणमा वर्षमा परिवारको एक जनाको मात्र होलबडी चेकअप गर्न पाउने जानकारी गराउनुभयो । 

    bnc1.jpg

    मेरो बि एण्ड सी मेरो जीवन साथी स्वास्थ्य सदस्यता अन्तर्गत इमर्जेन्सी (सबै सेवा), ओपिडी(कस्मेटिक बाहेकका), ओपिडि, रेडियोलोजी र शल्यक्रिया समेत सुविधा पाईनेछ ।  

    उपचारका लागि औषधि वितरण कार्यक्रम भने यो बीमा अन्तर्गत समावेश गरिएको छैन । प्याथोलोजी अन्तर्गत बाहिरी देशमा गरिने सेवा विएण्डसीमा पाईने छैन ।  


    मेरो बि एण्ड सी मेरो जीवन साथी कार्यक्रममा आबद्ध भएका सदस्यहरुले स्वास्थ्य सेवा लिन अस्पतालले निर्धारण गरेको रेडियोलोजी र प्याथोलोजी सेवा मात्र उपलब्ध हुनेछ ।

    बिरामीपक्षबाट  चेकजाच, एम आर आइ, सिटिस्क्यान जस्ता परिक्षण आफू खुसी गर्न पाइने छैन । उक्त परिक्षणको लागि चिकित्सकको प्रेस्किस्सन चाहिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार