• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    स्वास्थ्य बीमाको करोडौं रकम भुक्तानी हुन बाँकी,  रकम नपाए असार २० बाट बिमा अन्तर्गतको उपचार बन्द गर्ने घोषणा

    स्वास्थ्य बीमाको करोडौं रकम भुक्तानी हुन बाँकी,  रकम नपाए असार २० बाट बिमा अन्तर्गतको उपचार बन्द गर्ने घोषणा

    हेल्दीखबर
    बुधबार, असार ८ २०७९
    हेल्दीखबर
    बुधबार, असार ८ २०७९
    स्वास्थ्य बीमाको करोडौं रकम भुक्तानी हुन बाँकी,  रकम नपाए असार २० बाट बिमा अन्तर्गतको उपचार बन्द गर्ने घोषणा

      काठमाडौं । असार २० गतेदेखि ठुला निजी अस्पतालहरुले स्वास्थ्य बिमा बापतको रकम नपाए पुर्वका तीन अस्पतालले उपचार सेवा बन्द गर्ने घोषणा गरेका हुन् । आज पत्रकार सम्मेलन गरेर  झापाको बीएण्डसी अस्पताल, विराटनगरको नोबेल मेडिकल कलेज तथा विराट मेडिकल कलेजले असार २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गतेका छन्। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवावापतको रकम लामो समयदेखि आफूहरुले नपाएको भन्दै उनिहरुले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । स्वास्थ्य बिमा बोर्डले बीएण्डसी अस्पताललाई ४५ करोड भन्दा बढी,नोबेल मेडिकल कलेजलाई ५४ करोड भन्दा बढी र विराटको पनि ४५ करोड बढी रकम बोर्डले दिन बाकी रहेको छ। बीएण्डसी अस्पतालका कार्यकारी प्रमुख  दुर्गा प्रसाईंले मंसिरयता आफ्नो अस्पतालले बिमा कार्यक्रमवापत पाउनुपर्ने ४५ करोडभन्दा बढी रकम नपाएको बताउनुभयो । रकमका लागि स्वास्थ्य बिमा बोर्डमा पटक- पटक  ताकेता गरे पनि झुलाएर उक्त रकम नदिएको बताउनुभयो ।उहाँले स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्नका लागि धेरै समस्या रहेको बताउनुभयो । 
     नोबेल मेडिकल कलेजका ब्यबस्थापन सदस्य भीमबहादुर चन्दले नोबेलमा पनि दैनिक १८ सय सम्म बिरामीले स्वास्थ्य बिमाअन्तर्गत उपचार भइरहेको बताउनुभयो ।   उहाँले नोबेलले पनि मंसिरयता ५४ करोड ३८ लाख रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत लिन बाँकी रहेकोे बताउनुभयो ।।

    चन्दले आफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको र यसको असर पठनपाठनमा पनि पर्ने जानकारी दिनुभयो 
    । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार