काठमाडौँ,२९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६३ नमुना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १६जना निको भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
चौबिस घण्टामा ३० हजार ८७६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ६६७ रहेको छ ।