• शनिबार, १ कात्तिक २०८३
  • images

     २८ वर्षीया डाक्टर सुस्मिता मृत फेला

     २८ वर्षीया डाक्टर सुस्मिता मृत फेला

    हेल्दीखबर
    बुधबार, असोज २६ २०७९
    हेल्दीखबर
    बुधबार, असोज २६ २०७९
     २८ वर्षीया डाक्टर सुस्मिता मृत फेला

      काठमाडौं । जनकपुर घर भएकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा फेला पर्नुभएको छ। बानेश्वरस्थित निजामती अस्पतालमा कार्यरत डाक्टर पाठक ललितपुरको इमाडोलमा मृत भेटिनुभएको हो। सिभिल अस्पतालका निर्देशक डा. विधान निधि पौडेलले घरमा डाक्टर पाठक मृत भेटिएको जानकारी दिनुभयो । डा.पौडेलले डा.सुस्मिता पाठक घरमा  आमा नभएको अवस्थामा मृत भेटिएको जानकारी आफुलाइ आएको बताउनुभयो ।
    डा.पाठक अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेको जानकारी दिदै निर्देशक पौडेलले चार÷पाँच दिनअघि देखि मृतक पाठक विदामा बसेको बताउनुभयो ।   प्रहरीका अनुसार  २८ वर्षीय पाठक इमाडोलस्थित डेरामा मृत अवस्थामा फेला पर्नुभएको हो। उहाँ इमाडोलमा आमासँगै बस्नुहुन्थ्यो।
    इमाडोलस्थित डेरामा भित्रबाटै ढोका बन्द गरेको अवस्थामा उहाँ मृत भेटिनुभएको थियो।   डाक्टरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। 

    शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार