• सोमबार, २ कात्तिक २०८३
  • images

    डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला

    डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला

    बिहीबार , चैत १५ २०८०
    बिहीबार , चैत १५ २०८०
    डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला

    काठमाडौं, १५ चैत ।  डाक्टर प्रतिभा धौभडेल आफ्नो घरमै मृत अवस्थामा फेला परेकी  छन् । 

    काठमाडौंको छाउनीस्थित घरमा उनी मृत भेटिएकी हुन्। 

    images

    प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्।

    ऊनी नेपाल सरकारको ९औं तहमा धादिङ अस्पतालमा  कार्यरत थिइन। ३४ वर्षीया सर्जन धौभडेलको मृत्युको विषयमा प्रहरीले  थप अनुसन्धान गरीरहेको छ। 

    प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको थियो ।
     अस्पतालबाट घरायसी बिदामा उनी काठमाडौं आएकी थिइन्। 

    उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर अध्ययन गरेकी हुन्। उनले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन गरेकी थिइन्। 


     उनले रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी थिइन्। भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक  प्राप्त गर्न सफल भएकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार