• शनिबार, १ कात्तिक २०८३
  • images

    सरकारी दस्तखत र छाप किर्ते गरेको आरोपमा  स्वास्थ्यकर्मी कारागार चलान 

    सरकारी दस्तखत र छाप किर्ते गरेको आरोपमा  स्वास्थ्यकर्मी कारागार चलान 

    हेल्दीखबर
    मंगलबार, भदौ ७ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ ७ २०७९
    सरकारी दस्तखत र छाप किर्ते गरेको आरोपमा  स्वास्थ्यकर्मी कारागार चलान 

    काठमाडौं । अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स निकाल्ने सहायक फर्मासिस्ट कारागार चलान गरिएको छ।  डिप्लोमा फार्मेसी सकेका जाजरकोटका शेरबहादुर नेपाली  सरकारी दस्तखत छाप र ठगी किर्ते गरेको अभियोगमा कारारागर चलान भएका हुन्। उनले अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स भाडामा लगाएको पाइएको छ।

    आशाराम हस्पिटल प्रालिको फार्मा डिभिजनका सहायक फर्मासिस्ट नरेन्द्र प्रसाद अधिकारीको नाममा औषधि व्यवस्था विभागमा व्यवसायीबाट हटि पाउँ भनी निवेदन दर्ता भएपछि अनुसन्धानका क्रममा यस्तो खुल्न आएको हो। निवेदन दिने व्यक्तिले अर्कैको नामको नागरिकतामा आफ्नो फोटो टाँसेर लाइसेन्स लिएको खुल्न आएको छ।

    images

    औषधि व्यवस्था विभागले अनुसन्धान गर्दा फर्मासिस्ट  उल्टै कारबाहीमा परेका छन्। व्यवसायीबाट हटि पाउँँ भनी निवेदन दिने व्यक्ति अधिकारी नभई शेरबहादुर नेपाली भएको औषधि व्यवस्था विभागको अनुसन्धानका क्रममा खुल्न आएको हो।  नेपालीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असार २७ गते कारबाहीको लागि पठाइएको थियो। शेरबहादुर नेपालीले नेपालगंज स्थित मध्यपश्चिम प्राविधिक शिक्षालयबfट २०६८ देखि २०७१ सम्म डिप्लोमा इन फार्मेसी अध्ययन गरी २०७२ सालमा उत्तिर्ण भएका थिए।  

    नेपालीले २०७६ जेठ २८ गते औषधि व्यवस्था विभाग नेपालगन्जमा आशाराम हस्पिटल प्रालिको फार्मा डिभिजनका सहायक फर्मासिस्ट नरेन्द्र प्रसाद अधिकारी आफु भएको भन्दै फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र (A ६०४३)  (लाइसेन्स) लिएका थिए।

    शसस्त्र प्रहरीमा कार्यरत नेपालीले त्यसपछि आफनो लाइसेन्स भाडामा लगाएको पाइएको छ। आफुलाई नरेन्द्र प्रसाद अधिकारी  भन्ने नेपालीको वास्तविक ठेगाना  जाजरकोट पुन्मा रहेको छ।  नेपालीले  २०६३ सालमा सुर्खेतबाट अछाम मष्टावणडाली  ०१ बस्ने  नरेन्द्र प्रसाद अधिकारीको नागरिकता र एसएलसीको सक्कल प्रमाण पत्र भेटाएका थिए। उनले अधिकारीको नागरिकताको फोटो उक्काई आफनो फोटो टासेर  नरेन्द्र प्रसाद अधिकारी बनेका थिए। प्रहरीको अनुसन्धानका क्रममा उक्त कुरा खुल्न आएको थियो। 
    जिल्ला प्रहरी कार्यालय बाँकेले उनीविरुद्ध जिल्ला अदालतमा बाँकेमा मुद्दा दर्ता गरेको थियो। अदालतको फैसला अनुसार उनी  कारागार चलान भएको औषधि व्यवस्था विभाग नेपालजञ्जका फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साहले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार