• शनिबार, १ कात्तिक २०८३
  • images

    बीस  हजार घुस सहित स्वास्थ्यकर्मी पक्राउ

    बीस  हजार घुस सहित स्वास्थ्यकर्मी पक्राउ

    हेल्दीखबर
    सोमबार, मंसिर २७ २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २७ २०७८
    बीस  हजार घुस सहित स्वास्थ्यकर्मी पक्राउ

      काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन घुस लिएको आरोपमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खोप लगाइदिने भन्दै उनिहरुले २० हजार रुपैयाँ घुस लिएका थिए ।  
    महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका कृष्णाकुमार यादवलाई पक्राउ गरिएको हो।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले  एक विज्ञप्ति जारी गर्दै निशुल्क रुपमा लगाइदिनुपर्ने खोप लगाइदिन सेवाग्राहीसँग २० हजार  रकम मागेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएकाे जानकारी दिनुभयो।

    उनीहरुलाई जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट नियन्त्रण लिई आवश्यक अनुसन्धान अगाडी बढाएको अख्तियारले जनाएकाे छ।
    आयोगका प्रवक्ता रिसालले  हेल्थ असिस्टेन्ट साहले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाई दिनका लागि २० हजार रुपैयाँ मागेको र उनकाे निर्देशनमा हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवले खोप लगाई दिई २० हजार रुपैयाँ लिएको बताउनुभयो।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट रकम सहित दुबै जनालाई नियन्त्रण लिई अनुसन्धान अगाडि बढाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार