शिक्षक पक्राउ
काठमाडौं । काठमाडौंस्थित सिनामंगलमा १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिनामंगलस्थित एक होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको हो। बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।