• आइतबार, १ कात्तिक २०८३
  • images

    बढ्दै कोरोना संक्रमण, साउन महिनामामात्रै १५ जनाको मृत्यु

    बढ्दै कोरोना संक्रमण, साउन महिनामामात्रै १५ जनाको मृत्यु

    मृत्यु हुनेमा खोप नलगाएका बढी

    हेल्दीखबर
    आइतबार, साउन १५ २०७९
    हेल्दीखबर
    आइतबार, साउन १५ २०७९
    बढ्दै कोरोना संक्रमण, साउन महिनामामात्रै  १५ जनाको मृत्यु

    काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट  १५ जनाको मृत्यु भएको छ । कोरोना महामारीको चौथो लहर सुरुभएसँगै संक्रमितको संख्या मात्र होइन, गम्भीर विरामीको संख्या र मृत्यु पनि बढेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ साउनमा देशभरमा गरी १८ जना आईसीयूमा उपचाररत थिए । १४ साउनमा यो संख्या बढेर ३३ पुगेको छ र ४ जना भेन्टिलेटरमा छन् । खोप नलगाएका र जटिल दीर्घरोग भएका मानिसमा कोरोना संक्रमण भएको छ ।

    images

    मन्त्रालयको तथ्यांकअनुसार १ साउन यता १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १५ जनामध्ये ११ जनाले कोरोना विरुद्धको खोप नलगाएको पाइएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो । खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए । ‘खोप लगाएका मानिसमा पहिला नै कुनै न कुनै रोग प्रतिरोधात्मक क्षमता कम गर्ने दीर्घरोगी छन्’, उहाँले भन्नुभयो, ‘साउनयता मृत्यु भएका अधिकांश मानिसले खोप लगाएका छैनन् ।’

    ८ साउनमा मृत्यु भएका ७५ वर्षका पुरुषले खोप त लगाएका थिए, तर उनी मिर्गौलाका बिरामी थिए । ११ र १३ साउनमा मृत्यु भएका ६६ बर्षका पुरुष र ७९ बर्षका पुरुष दीर्घरोगी थिए भने १४ साउनमा मृत्यु भएकी ७४ बर्षकी महिला क्यान्सबाट ग्रसित थिइन् ।

    अरु ११ जनाले एक मात्रा पनि खोप नलगाएको पाइएको छ । ‘कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्दो छ । खोप नलगाएका मानिसलाई कोरोना संक्रमणले बढी जटिलता ल्याएको र मृत्युदर उच्च भएको पाइएको छ,’ सहप्रवक्ता डा। अधिकारीले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार