काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू पर्यत्नशिल रहेको बताएका छन् । काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताउनुभएको हो ।
राज्यमन्त्री केसीले स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्र सुधार गरेर अनुभुती दिने खालको काम गर्न कम्तिमा दुइ वर्ष लाग्ने बताउनुभयो । म मन्त्री पदमा जति दिन वस्छु,स्वास्थ्य क्षेत्र सुधारको लागि प्रयास जारी राख्ने बताउनुभयो ।
तपाईहरुले योजना बनाउनुस ्,‘म त्यसलाई कार्यान्वयन गर्न लाग्छु ।’ उहाँले अहिलेपनि गाउँगाउँमा सहज र सर्वशुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागि रहेको बताउनुभयो ।