• आइतबार, १ कात्तिक २०८३
  • images

    कोरोना बढेपछि इरान प्रवेशमा कडाइ

    कोरोना बढेपछि इरान प्रवेशमा कडाइ

    हेल्दीखबर
    आइतबार, असार २६ २०७९
    हेल्दीखबर
    आइतबार, असार २६ २०७९
    कोरोना बढेपछि इरान प्रवेशमा कडाइ


    तेहरान ।  कोभिड संक्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ।

    इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन्। 

    images

    इरानी विशेषज्ञहरूले द्रूत गतिमा फैलिएका ओमिक्रोनका उप–प्रजातीहरू आगामी हप्ताहरूमा इरानमा समस्याको रूपमा आउनसक्ने बताएका छन् । 

    इरानी राष्ट्रपतिको वेबसाइटमा बताइएअनुसार कोभिड–१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडाइका साथ पालन गर्न गराउन निर्देशन दिएका हुन्। 

    इरानी स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएअनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ। रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार