विराटनगर । स्वास्थ्य पत्रकार मञ्च नेपाल प्रदेश एक तदर्थ समिति गठन गरिएको छ
स्वास्थ्य पत्रकार मञ्चकी पूर्व कार्यसमिति सदस्य जुनु भटराईको संयोजकत्वमा समिति गठन भएको हो ।
सो समितिको सदस्यहरुमा अनिल श्रेष्ठ मोरङ,कृष्ण गौतम तह्थुम,पूर्ण चौधरी धनकुटा, अर्जुन बस्नेत भोजपुर, इश्वर तामाङ उदयपुर, रीता राइ इलाम, उमानाथ भण्डारी झापा र संगम विष्ट सुनसरी रहेका छन् । सो समितिले छ महिनाभित्रमा अधिवेशन आयोजना गरी पूर्णता पाउनेछ । प्रदेश समिति गठनका क्रममा स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता वृहत बन्दै गइरहेकोले सातवटै प्रदेशमा मञ्चको समिति विस्तार गरिने बताउनुभयो । उहाँले स्वास्थ्य पत्रकारिता अरु विट भन्दा जटिल रहेको भन्दै संवेदनशिल भएर स्वास्थ्य पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
मञ्चका महासविच भिषा काफ्लेले स्वास्थ्य पत्रकारितालाई व्यवसायीक बनाउन तथा क्षमता अभिवृद्धि गर्नका लागि मञ्चले पत्रकारहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । अब स्थानीय तह र प्रदेशमा बसेर काम गर्ने पत्रकारले पनि विधागत विशिष्टता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश एकका स्वास्थ्य सचिव अनुज भट्टचनले मञ्च गठनले स्वास्थ्य पत्रकारिताको विधालाई अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।
प्रदेश एकका स्वास्थ्य निर्देशनालय प्रमुख ज्ञान बहादुर बस्नेतले स्वास्थ्य बुझेका पत्रकारले स्वास्थ्यका विषयमा कलम चलाउँदा सकारात्मक सन्देश जाने बताउनुभयो ।