• बिहीबार , २९ असोज २०८३
  • images
    images

    ह्याम्स हस्पिटलमा छाला तथा सौन्दय सम्बन्धि उपचार सुरु

    ह्याम्स हस्पिटलमा छाला तथा सौन्दय सम्बन्धि उपचार सुरु

    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    ह्याम्स हस्पिटलमा छाला तथा सौन्दय सम्बन्धि उपचार सुरु

     

    काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा छाला र सौन्दर्य सेवा उपलब्ध गराउन सौन्दर्य चिकित्सा विभाग शुरु गरेको छ ।

    images

    अस्पतालका अध्यक्ष आरएस भण्डारी र हस्पिटलका मेडिकल डाइरेक्टर डा. ज्योतीन्द्र शर्माले सौन्दर्य चिकित्सा विभागको उद्घाटन गर्नुभयो । अस्पतालले  डर्माटोलोजी र प्लाष्टिक सर्जरी सेवा उपलब्ध गराउन आवश्यक सम्पूर्ण पूर्वाधार र जनशक्ति रहेको दाबी गरेको छ ।

    सौन्दर्य चिकित्सा विभागकी कन्सल्यान्ट डर्माटोलोजिष्ट एण्ड एस्थेटिसिएन डा. प्रगति थापाले ह्याम्स अस्पतालमा पूर्ण रुपमा छाला सम्बन्धि रोगको उपचार हुने बताउनुभयो ।

    ‘तपाईले आफ्नो हेरचाह गर्ने निर्णय गरेपछि स्वस्थ्य छाला शुरु हुन्छ’ भन्ने विभागको मुख्य उद्देश्य रहेको छ । विभाग अन्तर्गत सुन्दर बनाउनका लागि गरिने हाइड्रो फेसियल, बोटक्स, विभिन्न प्रकारका पिलिङ, लेजर लगायतका सेवा दिइनेछ । अनुहारमा आएका दाग धब्बाहरु हटाउने काम पनि यही विभाग अन्तर्गत पर्छ । सौन्दर्य सेवाका लागि उच्चस्तरीय प्रविधि अस्पतालमा रहेको डा.थापाको भनाई छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार