• बुधबार, २८ असोज २०८३
  • images

     ट्रमा सेन्टरका प्रमुख डा. जोशीको गेटा मेडिकलमा सरुवा

     ट्रमा सेन्टरका प्रमुख डा. जोशीको गेटा मेडिकलमा सरुवा

    ट्रमामा प्रमोद यादव

    हेल्दीखबर
    बुधबार, असार ८ २०७९
    हेल्दीखबर
    बुधबार, असार ८ २०७९
     ट्रमा सेन्टरका प्रमुख डा. जोशीको गेटा  मेडिकलमा सरुवा

    काठमाडौं ।  राष्ट्रिय ट्रमा सेन्टरको  प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ। जोशीको इच्छामै गेटा मेडिकल कलेजमा  सरुवा गरिएको हो।  ट्रमा सेन्टरमा भने डाक्टर प्रमोद यादवलाई पुनः ल्याइदैछ।   ट्रमा सेन्टरमा आउन लाग्नुभएका  मेसु प्रमोद यादव यसअघि पनि  ट्रमा सेन्टरको मेसु पदमा हुनुहुन्थ्यो ।उहाँको पछिल्लो समय जनकपुर अस्पतालमा सरुवा भएको थियो। उहाँलाई अहिले काम बिहिन बनाइएको थियो। 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीवार पत्र दिन लागेको छ। सम्भबत पत्र भोलि पाउने संभावना छ,मन्त्रालय श्रोतले भन्यो ," सरुवा भएको निश्चित हो।" ट्रमा सेन्टरमा पनि जोशीले  धेरै सुधारको काम गर्नुभएको थियो।  प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उहाँ गेटा सरुवा हुन लागेको हो।   गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएपछि जोशीलाई  गेटा सरुवा गरिएको  हो।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार