• मंगलबार, २७ असोज २०८३
  • images

    डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण सफल भएको सरकारको दाबी

    डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण सफल भएको सरकारको दाबी

    हेल्दीखबर
    आइतबार, वैशाख ११ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख ११ २०७९
    डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण सफल भएको सरकारको दाबी

    काठमाडौं । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको दाबी गरेको छ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक टेड्रोसको भ्रमण सफल भएको दाबी गरेको हो।   स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताउनुभयो । 
    डब्ल्युएचओका महानिर्देशक डागेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको बताउनुभयो।मन्त्री खतिवडाले अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको बताउनुभयो।
    डब्ल्युएचओका महानिर्देशक डा गेब्रेयसले तीन दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार