• सोमबार, २ कात्तिक २०८३
  • images

    काम गर्न रोक लगाउने निर्णय अदालतले उल्ट्याइदिएपछि काममा फर्किए वीपी प्रतिष्ठानका पदाधिकारी

    काम गर्न रोक लगाउने निर्णय अदालतले उल्ट्याइदिएपछि काममा फर्किए वीपी प्रतिष्ठानका पदाधिकारी

    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन ८ २०७८
    काम गर्न रोक लगाउने निर्णय अदालतले उल्ट्याइदिएपछि काममा फर्किए वीपी प्रतिष्ठानका पदाधिकारी

    काठमाडौं । सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूमाथि   काम गर्न रोक लगाउने निर्णय अदालतले उल्ट्याइदिएपछि पदाधिकारीहरु पुनः काममा फर्किएका छन्।

    प्रतिष्ठानका कर्मचारीहरुको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सरकारले काम गर्न रोक लगाएका पदाधिकारीहरू काममा फर्किएका हुन् ।

    images

    गत पुष ३० गते मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउने र उनीहरूको सट्टामा दैनिक प्रशासनिक, आर्थिक काम गर्न स्वास्थ्य मन्त्रालय  र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो।
    यो निर्णय प्रतिष्ठानको ऐन तथा नियमावली विपरीत भएको भन्दै उपकुलपति डा ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले सर्वोच्च अदालतमो रिट दायर गर्नुभएको थियो ।
    उहाँहरुको रिटको सुनुवाई गर्दै बुधबार सर्वोच्चले पदाधिकारीहरूलाई पदीय जिम्मेवारी अनुसारको कर्तव्य पालना गर्नमा वाधा अवरोध नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार