• शनिबार, १ कात्तिक २०८३
  • images

    पाँच २९२ संक्रमित थपिए,आठ जनाको मृत्यु

    पाँच २९२ संक्रमित थपिए,आठ जनाको मृत्यु

    हेल्दीखबर
    सोमबार, माघ १७ २०७८
    हेल्दीखबर
    सोमबार, माघ १७ २०७८
    पाँच २९२ संक्रमित थपिए,आठ जनाको मृत्यु


    काठमाडौ । पछिल्लो २४ घण्टामा आठ संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ । यसैगरी हालसम्म तीनकरोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै नेपालमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार २९२ पुगेको छ । 
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन गरी कुल १६ हजार ८८ जनाको परीक्षण गर्दा पाँचहजार २९२ नयाँ सङ्क्रमित थपिएका हुन् । 
     मन्त्रालयका अनुसार आठ हजार १९१ निको भएका छन् । 
     मन्त्रालयका अनुसार १४१ जना क्वारेनटाईनमा रहेका छन् । पछिल्लो २४ घण्टामा तीनलाख ६६ हजार ६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 
     मन्त्रालयका अनुसार आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जना संक्रमित रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार