काठमाडौ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्यकर्मी आवस्यकता परेको भन्दै आवेदनको लागि सूचना जारी गरेको छ ।
प्रयोगशालाले एक सूचना जारी गर्दै कोभिड प्रयोगशालामा काम गर्नका लागि ल्याब टेक्निसियन पाँचौ तहमा तीन जना र डाटा व्यवस्थापन असिष्टेन्ट दुईजना गरी पाँचजना स्वास्थ्यकर्मी माग गरेको हो ।
इच्छुकले माघ नौ गते दिउँसो ३ बजे भित्र दरखास्त दिन सक्नेछन् । प्रयोगशालाले छोटो सूची प्रकाशित गर्दै १२ माघमा अन्तर्वाता हुने जनाएको छ ।
हेरौंसूचनाः