• सोमबार, २ कात्तिक २०८३
  • images

    ६० वर्षमाथिका नागरिकलाई तेस्रो मात्रा खोप दिइने

    ६० वर्षमाथिका नागरिकलाई तेस्रो मात्रा खोप दिइने

    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    ६० वर्षमाथिका नागरिकलाई तेस्रो मात्रा खोप दिइने


    काठमाडौ । सरकारले ६० वर्ष उमेर पुगिसकेका नागरिकलाई तेस्रो मात्रा –अतिरिक्त खोप) दिने भएको छ । 
    ओमिक्रोनको जोखिम नेपालमा पनि रहेको भन्दै सरकारले कोरोना विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको हो । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने बताउनुभयो । उहाँले अब दिन लागिएको तेस्रो मात्रा खोपलाई  बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप मात्र भएको बताउनुभयो । 
    उहाँले खोप  दिन लागेको मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु सक्रिय क्यान्सरका बिरामी,अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी,उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामीले तेस्रो मात्रा खोप पाउने बताउनुभयो । 
    यसका साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले पनि सरकारले दिन लागेको अतिरिक्त खोप पाउने छन् । महानिर्देशक डा. सिंहका अनुसार र थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ ।

    images

    खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार