• शनिबार, १ कात्तिक २०८३
  • images

    अब मेडिकल शिक्षाको नाममा अर्बौ रकम विदेशिने छः दुर्गा प्रसाई

    अब मेडिकल शिक्षाको नाममा अर्बौ रकम विदेशिने छः दुर्गा प्रसाई

    हेल्दीखबर
    शनिबार, पुस १७ २०७८
    हेल्दीखबर
    शनिबार, पुस १७ २०७८
    अब मेडिकल शिक्षाको नाममा अर्बौ रकम विदेशिने छः दुर्गा प्रसाई


    काठमाडौं, । मेडिकल व्यवसायी तथा विएण्डसी मेडिकल कलेजका प्रमुख दुर्गा प्रसाईले शिक्षा, स्वास्थ्य र रोजगारीको लागि आफ्नो पार्टीले विशेष ध्यान दिएको बताउनुभएको छ । 

    उहाँले यसअघिको केपी ओलीको नेतृत्वको सरकारले विकास निर्माणको कामको सुरुवात गरेको बताउँदै  राज्यले लिने नीतिको कारण देशमा भएका धेरै उद्योग÷व्यवसाय धराप हुने अवस्था आउने बताउनुभयो । 
    हालै कांग्रेस महामन्त्री गगनकुमार थापालाई लिएर चिकित्सा शिक्षा सुधारको अभियान चलाएका प्रा.डा. गोविन्द केसीको नेतृत्वले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको र ९ बुँदे समझदारी भएकोप्रति प्रसाइले  प्रश्न गर्दै उहाँले मेडिकल कलेज बन्द भए आफ्नो मुख नसुक्ने पनि टिप्पणी गर्नुभयो । ‘चिकित्सा शिक्षा पढाउँछु भन्ने अभिभावकको मुख सुक्छ नि, मेरो त एउटै हो, त्यही एउटा बन्द हुन्छ। गोविन्द केसीको नारा पूरा गर्न प्रधानमन्त्रीले सम्झौता गरिसक्नुभएको छ । अब देशका २० वर्ष पुगेका सबै युवा विदेश जान्छन् प्रसाइले थप्नुभयो,“ नेपालको अरबौं रकम विदेश जाने निश्चित छ ।”
    गोविन्द केसीले प्रधानमन्त्री देउवालाई भेटेर ९ बुँदे सहमति गरेकोप्रति उहाँले यो विषय मेडिकल कलेज  सिध्याउने सम्झौता हो भन्नुभयो । 

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार