• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    माघ १४ र १५ गते विशेषज्ञ चिकित्सककाे लाइसेन्स परीक्षा  हुने

    माघ १४ र १५ गते विशेषज्ञ चिकित्सककाे लाइसेन्स परीक्षा  हुने

    हेल्दीखबर
    शुक्रबार, मंसिर २४ २०७८
    हेल्दीखबर
    शुक्रबार, मंसिर २४ २०७८
    माघ १४ र १५ गते विशेषज्ञ चिकित्सककाे लाइसेन्स परीक्षा  हुने

    काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामी  माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा लिने भएको छ।

    काउन्सिलले परीक्षामा सहभागी हुने इच्छुक परीक्षार्थीले आगामी आइतबार देखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो फारम भर्न सूचना जारी गरेको छ।

    ‘आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिन्छ। २७ र २८ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिने काउन्सिलले जनाएकाे छ। 

    परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार