काठमाडौं । सरकारले रोजगारीका लागि १० हजार नर्स बेलायत पठाउने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको छ। शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले १० हजार नर्स बेलायत लैजाने तयारी भइरहेको बताउनुभयो । उहाँले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिनुभयो ।
श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले हामी बेलायत जस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरिरहेको जानकारी दिनुभयो। त्यस्ता मुलुकमा हामी श्रम सम्झौता गरेर श्रमिक पठाउँने उहाँको भनाइ छ।