• शनिबार, १४ कात्तिक २०८३
  • images

    डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने नेपालको निर्णय

    डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने नेपालको निर्णय

    सोमबार, कात्तिक ९ २०८३
    सोमबार, कात्तिक ९ २०८३
    डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने नेपालको निर्णय

    काठमाडौँ, ९ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालले डा. संगीता मिश्रालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका उच्च स्रोतका अनुसार गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई उक्त पदमा नेपालका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत डा. मिश्रालाई गत महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो । डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदका लागि नेपालको उम्मेदवारीलाई यस क्षेत्रको स्वास्थ्य नेतृत्वमा नेपालको प्रतिनिधित्व विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।

    यसअघि उक्त पदमा कार्यरत बंगलादेशकी साइमा वाजेदले राजीनामा दिएपछि क्षेत्रीय निर्देशक पद रिक्त भएको थियो । वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ ।

    रिक्त पदमा आफ्नो उम्मेदवार अघि सार्ने तयारी अन्य देशले पनि गरिरहेका छन् । यसपटक भुटान, श्रीलंका, माल्दिभ्स र थाइल्यान्डलगायतका देशले समेत उम्मेदवारी दिने तयारी गरेको समाचार सार्वजनिक भएका छन् । यससँगै क्षेत्रीय निर्देशक पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

    यसअघि भएको निर्वाचनमा नेपालका तर्फबाट डा. शम्भु आचार्य उम्मेदवार बन्नुभएको थियो । उहाँले तत्कालीन प्रतिस्पर्धामा कुल १० मतमध्ये दुई मत प्राप्त गर्नुभएको थियो ।

    नेपालले यसपटक डा. मिश्रालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नेतृत्वमा नेपालको प्रतिनिधित्व स्थापित गर्ने प्रयास अघि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार