• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    वरिष्ठ फोटो पत्रकार ओझाको निधन

    वरिष्ठ फोटो पत्रकार ओझाको निधन

    सोमबार, असार २२ २०८३
    सोमबार, असार २२ २०८३
    वरिष्ठ फोटो पत्रकार ओझाको निधन

    काठमाडौं, २२ असार । वरिष्ठ  फोटो पत्रकार  भास्वर ओझाको निधन भएको छ। 

    उहाँको ४६ वर्षको उमेरमा सोमबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

    परिवारका अनुसार जन्डिसको संक्रमण गम्भीर बनेपछि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।

    दुई दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय रहनुभएका ओझाले नेपाली फोटो पत्रकारिताको विकास, विस्तार तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँले समाचारका दृश्यलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै नेपाली सञ्चार क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएको थियो।

    व्यावसायिक यात्राका क्रममा उहाँले नेपाल रिपब्लिक मिडिया अन्तर्गत प्रकाशित नागरिक र रिपब्लिका दैनिकमा लामो समय फोटो पत्रकारका रूपमा कार्य गर्नुभएको थियो। पछिल्ला वर्षहरूमा उहाँ स्वतन्त्र फोटो पत्रकारका रूपमा सक्रिय रहँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आउनुभएको थियो।

    नयाँ पुस्ताका फोटो पत्रकारलाई प्रोत्साहन गर्न तथा फोटो पत्रकारिताको व्यावसायिक विकासमा समेत उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो। नेपाल फोटो कन्टेस्ट तथा प्रदर्शनीलाई सफल बनाउन उहाँले सक्रिय योगदान पुर्‍याउनुभएको थियो ।

    ओझाको निधनसँगै नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, समर्पित, सिर्जनशील र निर्भीक फोटो पत्रकार गुमाएको भन्दै सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थाहरूले दुःख व्यक्त गरेका छन्।

    स्वर्गीय ओझाका श्रीमती र एक छोरी हुनुहुन्छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार