झापा । झापामा क्रियाशिल पत्रकार माया पकुवालको सोमबार बिहान निधन भएको छ।
केही वर्षअघि पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौलामा समस्या भएपछि उपचारका क्रममा पत्रकार मायाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा निधन भएको हो।
केही दिनदेखि उहाँलाई आइसियुमा राखेर उपचार भइरहेको थियो।
पत्रकार पकुवाल पत्रकारितामा मेहनती,कुशल , संघर्षशील र सिर्जनशील पत्रकारका रुपमा चिनिनुहुन्थ्यो।
पकुवाल झापाको भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका वरुणकी प्रकाशक तथा सम्पादकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।